राजनीति

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)

प्रदेश स्तरीय प्रशिक्षणमा सहभागी हुन नेकपा नवलपरासीको आग्रह

परासी, १ फागुन । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ले प्रदेश ५ को कोहलपुरमा आयोजना गर्न लागेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेकपा पश्चिम नवलपरासीले जिल्लाका सम्बन्धीत नेता कार्यकर्तालाई आग्रह गरेको छ । नेकपाले देशव्यापी रुपमा प्रशिक्षण दिन लागेको हो । प्रदेश ५ बाट शुरु गर्न लागिएको प्रशिक्षण यही फागुन ४ गते बाँकेको कोहलपुरमा आयोजना गरिएको […]

रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता

    काठमाडौँ माघ ७। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र बेल्जियमकी राजकुमारी अस्त्रिदबीच भेटवार्ता भएको छ ।  आइतबार बार नेपाल भ्रमणमा आएकी अस्त्रिद र उपप्रधामन्त्री पोखरेलबीच मंगलबार भेटवार्ता भएको हो ।  राजकुमारी नेपालको साताव्यापी भ्रमणका लागि आइतबार आएकी छिन् । यसअघि उनले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग पनि भेटवार्ता गरिसकेकी छिन् ।  नेपाल बसाईका क्रममा उनले […]

प्रेस युनियनको केन्द्रीय महाधिवेशन चैत २१ गते नेपालगञ्जमा

      चितवन, माघ ७- प्रेस युनियनको केन्द्रीय महाधिवेशन चैत २१ गतेदेखि २२ सम्म नेपालगञ्जमा हुने भएको छ ।  युनियनको केन्द्रीय समितिको आज भरतपुरमा बसेको बैठकले सो निर्णय गरेको हो । केन्द्रीय समितिको बैठक उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएका विद्ययेकमा विचार अभिव्यक्तिको स्वतन्त्रता र सूचनाको हकमा आघात पुग्ने गरी […]

को हुन, अनेरास्ववियू पश्चिम नवलपरासी संयोजक शुसान्त शर्मा घिमिरे ?

परासी । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू पश्चिम नवलपरासीको संयोजकमा शुसान्त शर्मा घिमिरे चयन हुनुभएको छ । साविक नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)को एकता पछि बनेको अनेरास्ववियूको जिल्ला संयोजकमा घिमिरे संयोजक हुनुभएको हो । एकिकरण अघि घिमिरे साविक अनेरास्ववियुको पनि जिल्ला संयोजक हुनुहुन्थ्यो । विस.२०५९ सालमा अनेरास्ववियूको साविक […]

राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल गर्ने सहमति

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा सहकार्य हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई दलबीचको छलफलमा राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ […]

हृदेयश त्रिपाठीलाई सुखौरामा भव्य स्वागत, सडकका लागि एक करोड विनियोजन

परासी, २८ कात्तिक । पूर्वमन्त्री एवं नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हृदेयश त्रिपाठीले आज आफ्नो संसदीय विकास कोषबाट रकम विनियोजन भएको योजनाको स्थलगत अवलोकन गर्नुभएको छ । बर्दघाट नगरपालिका–२ स्थित दुर्गम क्षेत्र मानिने सुखौरामा आज स्थलगत अवलोकनका लागि पुग्नुभएका नेता त्रिपाठीलाई स्थानीयले भव्य स्वागत पनि गरेका थिए । त्रिपाठीले आफ्नो संसदीय कोषबाट […]

परासीमा स्वतन्त्र राजनीतिक समूहको कार्यालय उद्घाटन, कृषि, भ्रष्टाचार र विभेदका सवालमा पैरबी गर्ने

मोहन पौडेल/अभिषेक राव परासी, २४ कात्तिक – स्वतन्त्र राजनीतिक समूहले पश्चिम नवलपरासीको परासीमा जिल्ला कार्यालय स्थापना गरेको छ । कार्यालयको आज एक समारोहका बीच उक्त समूहका राष्ट्रिय संयोजक एवं प्रतिनिधिसभा सदस्य हृदेयश त्रिपाठीले उद्घाटन गर्नुभयो । सो अवसरमा नेता त्रिपाठीले समाजमा व्याप्त विभेद, भ्रष्टाचार र कृषकमा समस्या निवारण गर्ने अभियानका साथ स्वतन्त्र राजनीतिक समूह अगाडि […]

नेकपाले प्रदेश प्रमुखको नाम टुंगो लगाएसँगै सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रदेश प्रमुखको नियुक्तिका विषयमा निर्णय लिन मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  नेकपा सचिवालय बैठकले सातै प्रदेशका लागि प्रमुख नियुक्तिका लागि सात जनाको नाम सिफारिस गरेसँगै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।  नेकपा बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला […]

धरान उपमहानगरपालिका उपनिर्वाचन : नेकपाबाट तीनजना सिफारिस

सुनसरी । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरको प्रमुख पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तीनजनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको नेकपा उपमहानगर कमिटीको पूर्ण बैठकले जिल्ला सदस्य तथा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) तथा जिल्ला सदस्य […]

यस्तो छ उपनिर्वाचनको सुरक्षा कार्ययोजना

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृह मन्त्रालयले जनाएको छ । सो सुरक्षा योजनाबारे आज गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा छलफल भएको थियो । बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो । कार्ययोजनामा […]

error: Content is protected !!