फागुन २१ गतेदेखि ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

नवलपरासी, २० फागुन । ज्योति लाइफ इन्स्योरेन्सले यहि फागुन २१ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो
आइपिओ मध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्टाइएको छ भने बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।
लगानीकर्ताले उक्त आईपीओ न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपीओमा छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।
यो आईपीओ लाई क्रेडिट रेटिङ्गमा केयर नेपालले केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। उक्त रेटिङ्गले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

error: Content is protected !!