नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा रामग्राम जेसीजका अध्यक्ष अग्रहरीको उम्मेदवारी

परासी, १ पुस । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल नेपाल जेसीजको ४७ औँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदैछ । भगवान् गौतम बुद्धको अस्तुधातु रहेको पवित्र स्थल रामग्राम नगरीमा अवस्थित रामग्राम जेसीज वर्ष २०२० का शाखा अध्यक्ष सन्दिप अग्रहरीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ ।
भलबारी जेसीजको आतिथ्यतामा यहि आज पुस १ गतेदेखि ४ गतेसम्म हुन लागेको नेपाल जेसीज्को ४७ औँ राष्ट्रिय महाधिवेशनमा वर्ष २०२१ को नेतृत्व चयनका लागि हुने निर्वाचनमा रामग्राम जेसीजले शाखा अध्यक्ष अग्रहरीलाई नेपाल जेसीज वर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा प्रस्तुत गरेको हो ।
स्पष्ट वक्ता र कुशल नेतृत्वकर्लाको छवि बनाउनुभएका अग्रहरी कुशल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । बोल्ने भन्दा काममा विश्वास गर्ने अग्रहरी आरती ग्यास उद्योगमा सहायक प्रबन्धकका साथै आफ्नै व्यवसाय पनि गर्नुहुन्छ ।
अग्रहरीले शाखा अध्यक्ष भएलगत्तै जेसीज सप्ताहसहित विभिन्न रचनात्मक कार्यक्रम गरी नेपाल जेसीजबाट क्षेत्र घ को फेब्रुअरी महिनाको उत्कृष्ट शाखाको रुपमा अवार्ड समेत प्राप्त गर्नुभएको थियो । जेसीज ईतिहासमै ५२ वटा कार्यक्रम गरी छुट्टै पहिचान बनाउनुभएका अग्रहरीले युवाहरुको नेतृत्वलाई मुख्य रुपमा जोड दिनुभएको छ।
आफूले गरेका काम र अनुभवको आधारमा नेपाल जेसीजमा युवाहरुको लागि नेतृत्व र व्यक्तित्व विकाससँगै उद्यमशिल बनाउन विशेष काम गर्ने उद्देश्यले नेपाल जेसीजमा उम्मेदवारी गरेको बताउनुभयो । रामग्राम जेसीजको बोर्डले सर्वसम्मत रुपमा निर्णय गरेर र शाखाका सवै पूर्व अध्यक्षहरुको साथबाट अध्यक्ष अग्रहरीलाई राष्ट्रिय उपाध्यक्ष पदमा अघि सारेको रामग्राम जेसीज वर्ष २०२० का महासचिव चन्द्रमणि चौधरीले जानकारी दिनुभयो । रामग्राम जेसीजले महाधिवेशनमा अमूल्य मत प्रदान गरी विजयी गराउनुहुन सबै मतदातालाई आग्रह गरेको छ ।

error: Content is protected !!