गाउँपालिका अध्यक्ष गुप्ताको व्यक्तिगत लगानीमा चार वटा धार्मिक स्थलमा ५३/५३ किलोको घण्टी

मोहन पौडेल
परासी, ८ कात्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले गाउँपालिका भित्रका शक्तिपिठ तथा धार्मिक स्थलहरुमा ५३÷५३ किलोको घण्टी लगाउनुभएको छ। अध्यक्ष गुप्ताले आफ्नो व्यक्तिगत लगानीमा गाउँपालिका अन्र्तगत रहेका पाल्ही भगवती मन्दिर पाल्ही, शिवपार्वती सिद्ध धाम लोहरौली, वेशालपुर र वैरिहवाको कोटही माई मन्दिरमा आज घण्टी लगाउनुभएको हो ।
धार्मिक स्थलमा पुग्ने श्रद्धालु भक्तजनलाई घण्टी बजाउन सुविधा हुनुका साथै मानिसमा सकरात्मक उर्जा प्रदान गर्ने हुनाले व्यक्तिगत रु तीन लाखको लागतमा चार वटा स्थलमा घण्टी लगाएको अध्यक्ष गुप्ताले बताउनुभयो ।
धार्मिक मान्यता अनुसार घण्टी बजाउँदा मन्दिरमा स्थापना भएका देवीदेवताहरूको मूर्तिहरूको शक्तिको चेतना जागृत हन्छ, त्यसपछि मानिसले गरेको पुजा आरधानाको शुभफल प्राप्त हुने गर्छ र त्यो पूजा शक्तिशाली साथै प्रभावकारी पनि हुने गर्छ ।
घण्टीबाट निस्कने मनमोहक र शुभ ध्वनीले हाम्रो दिमाग दिमागलाई आध्यात्मिकतातर्फ लैजान सक्छ । घण्टीको आवाज सुनेर मानिसको दिमागले शान्ति महसुस गर्दछ। बिहान र साँझको पूजा वा मन्दिरमा आरती गर्दा घण्टीहरू ताल र विशेष धुनसहित बजाइन्छन्, यसले त्यहाँ उपस्थित मानिसहरूले शान्ति र आध्यात्मिकता प्राप्त गर्न सक्छन् ।

error: Content is protected !!