मोहन पौडेल
परासी, ७ कात्तिक । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । रु एक करोड ११ लाखको लागतमा निर्माण गरिएको दुई तले भवनको आज एक समारोहकाबीच प्रतिनिधिसभा सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले उद्घाटन गर्नुभयो ।
मंगलापुरमा निर्माण गरिएको उक्त भवनको पहिलो तलामा सामुदायिक स्वास्थ्य ईकाई र दोस्रो तलामा वडा कार्यालय सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । यसअघि वडा कार्यालय र स्वास्थ्य ईकाई भाडामा सञ्चालन हुँदै आएको थियो ।
वडा अध्यक्ष छोटेलाल यादवको अध्यक्षता तथा संघीय सांसद कण्डेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, उपाध्यक्ष उत्तमा राय, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल,नेकपाका रोहित गौड, नेपाली कांग्रेसका विनोद पाण्डे, जनता समाजवादी पार्टीका हरिलाल यादव, कांग्रेस नेताहरु मोहन शर्मा, राधेश्याम पाठक, अनिल गौड, सुखाडी चौधरी, वडा नं. ५ का वडाध्यक्ष कैलाश यादव, वडा सचिव ईन्द्रकमल यादव, स्वास्थ्य सहसंयोजक अशोक पाण्डे, पत्रकार उमेश विक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सरावल–४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन
