अनेरास्ववियू पश्चिम नवलपरासीद्धारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान

मोहन पौडेल
परासी, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) पश्चिम नवलपरासीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम आज परासीमा सम्पन्न भएको छ । विजयादशमी, शुभदिपावली, छठ लगायतका पर्वहरुको अवसरमा आयोजित उक्त कार्यक्रममा पार्टीका नेताहरु, युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त शर्मा घिमिरेको अध्यक्षता तथा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य एवं पूर्वराज्य मन्त्री घनश्याम यादव, जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं. २ का संयोजक थानप्रसाद गैरे, जिल्ला सचिवालय सदस्य रामप्रसाद पाण्डे, जिल्ला सचिवालय सदस्य एवं सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्याल, जिल्ला सचिवालय सदस्य जनार्दन कुर्मी, जिल्ला सदस्य एवं अनेरास्ववियूका केन्द्रीय सदस्य अमित खड्का,जिल्ला सदस्य एवं उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष केशव भण्डारी, युवा संघका जिल्ला संयोजक युवराज डुम्रे,अनेरास्ववियूका सहसंंयोजक विशाल गिरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सहभागिहरुले यसवर्ष कोभिड १९ को विषय परिस्थिति रहेकोले सुरक्षित र स्वास्थ्य मापदण्ड अपनाएर चाडपर्व मनाउन आग्रह गर्नुभएको थियो । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी दश जना युवाहरु नेकपामा प्रवेश गरेका थिए ।

error: Content is protected !!