मोबाईल एप्लिकेसनमार्फत तथ्याक संकलन तालिम सम्पन्न

परासी, १ कात्तिक । प्रतापपुर गाउँपालिका खानेपानी, सरसफाई तथा स्वच्छता (वास) कार्यक्रमको आयोजनामा गणकहरुका लागि मोबाईल एप्लिकेसन मार्फत तथ्यांक संकलन तालिम सम्पन्न भएको छ । २ चरणमा गरेर ६ दिनसम्म सञ्चालन भएको तालिममा वडा नम्बर १ देखि ९ सम्मका गरि २५ जना गणकहरुको सहभागीता रहेको थियो ।
तालिममा गाउँपालिकाका सुचना अधिकृत विजय कुमार पाण्डे, वास योजना संयोजक शान्ति बि.क. र दिपेश सिग्देलले सहजिकरण गर्नु भएको थियो । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका कार्यबाहक अध्यक्ष अञ्जु कुमारी चौधरिले गापा.को खानेपानी, सरसफाई तथा स्वच्छताको अवस्था पत्ता लगाउन तथ्यांक संकलन गर्न लागिएको जानकारी दिदै गापा.का हरेक घर, विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक शौचालय र खानेपानी आयोजनामा नै पुगेर सहि तथ्यांक संकलन गर्न गणकहरुलाई निर्देशन दिनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले पालिकाबासिलाई स्वच्छ पानी खुवाउने आफुहरुको चाहना रहेको बताउदै त्यसलाई पूरा गर्न काम सुरु गरिएको जानकारी दिनु भयो ।

error: Content is protected !!