बाल दिवसमा वातावरणीय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

महेश यादव / रामग्राम न्यूज
सरावल, २९ भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा संवाद किशोर किशोरी सञ्जालको आयोजना तथा एबिसि नेपाल ,स्ट्रोम फाउन्डेसन र सरावल गाउँपालिको सहयोगमा बाल दिवसको अवसरमा वातावरणीय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख अतिथ्यता र उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकि अधिकृत बुद्ध प्रकाश पौडेलको बिशिष्ट आतिथ्तामा कार्यक्रम भएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथ चौधरीले बाल दिवसको अवसरमा आयोजित कार्यक्रमबाट कोरोना भाईरस बाट बच्ने उपायहरुको साथै बाल अधिकारका विभिन्न नियम जान्ने मौका पाउनुका साथै बालमैत्री अभियानमा लाग्ने उत्तप्रेरणा जागरुक हुने बाताउनु भएको थियोे ।
यस्तै उपप्रमुख रायले बालबालिकालाइ राम्रो ब्यवहारको आवश्कता भएकोले एकजुट भएर बालमैत्री अभियान लागू गर्न लाग्नुपर्छ र बालबालिकालाई बालश्रम ,बालविवाह , बाल हिन्सा तथा लागू पदार्थबाट मुक्त गराउने तर्फ लग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै संकल्प प्रतिष्ठानका अध्यक्ष सुशान्त घिमिरेले बालमैत्री सुशासन लागू गर्न पुर्ब बालबालिकालाई पुर्ण रुपमा शिक्षा आर्जन गराउने र उनिहरुको भावनालाई बुझेर बालमैत्री अभियान लागू गर्ने तर्फ जागरुक हुन आग्रह गर्नुभयो ।
सञ्जालका अध्यक्ष यादवले कोरोना महामारिलाई मध्य नजर गर्दै बिपतमा बाल अधिकारको सुनिश्चितता हामी सबैको साझा प्रतिबधा भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा बाताबरणिय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम बाट सरसफाइ गर्नु पर्छ भन्ने सचेतना पुग्नुका साथै गरिब बालबालिकालाई लक्षित गरि बाल सश्रम ,बाल बिवाहा , बाल हिन्सा बाट मुक्त गराउने र बाल मैत्रि अभियानमा टेवा पुय्राउने बताउनुभयो ।
संवाद किशोर किशोरी सञ्जालकि सदस्य दुर्गा बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि बालपुरि उपशखा सचिव सञ्जय मौर्य , कृषि शाखा प्रमुख कुलदिप मिश्रा , स्वास्थ शाखा प्रमुख ओमनारायन देवकोटा , घरेलु तथा साना उद्योग महासंघ सरावलका अध्यक्ष जन्मजय यादव , सामाजिक अभियानता मोहम्मद ईजहार शेष , पत्रकार उमेश बिक , समाजसेवी सुशीला हरिजन तथा किशोर किशोरीहरु लागायतको सहभागी रहेको कार्यक्रम सञ्चालक संवाद किशोर किशोरी सञ्जालका कोषाध्यक्ष सन्दिप बिकले बताउनुभयो ।

error: Content is protected !!