जिल्ला स्तरीय निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण

मोहन पौडेल
परासी, २९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीले आयोजना गरेको पश्चिम नवलपरासी जिल्ला स्तरीय मावि निबन्ध प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ ।
कार्यालयले आज परासीमा गरेको कार्यक्रममा निवन्ध प्रतियोगितामा प्रमथ, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको हो । प्रतियोगितामा महाकवि देवकोटा मावि सुनवलका अमृत्त पाण्डे प्रमथ, वाक्वाणी मावि जर्गाहाकी लक्ष्मी खनाल द्धितिय, ज्योति मावि सुनवल–७ का शैलेन्द्र पौडेल लामगादे तृतीय तथा जनसेवा मावि सुनवल–६ की दीक्षा ढकाल र दाउन्नेदेवी मावि बर्दघाट–४ की अंकिता पराजुली सान्त्वना भएको सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख दिवाकर भण्डारीले बताउनुभयो ।
विपद्मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको साझा प्रतिवद्धता विषयमा भएको उक्त प्रतियोगितामा प्रथमलाई रु पाँच हजार, द्धितिय हुनेलाई रु तीन हजार, तृतीयलाई रु दुई हजार र सान्त्वनालाई रु एक÷एक हजारका दरले पुरस्कार प्रदान गरिएको हो ।
विजयी विद्यार्थीहरुलाई जिल्ला बाल अधिकार समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय र प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको हो ।

error: Content is protected !!