किशोरी समूहद्धारा तपाईको मास्क खोई अभियान अन्र्तगत निःशुल्क मास्क वितरण

महेश यादव/रामग्राम न्यूज
सरावल ,२८ भदौ । समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि सचेतना जगाउन प्रतिज्ञा किशोरी समूह तथा शान्ति किशोरी समूहले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं.१ महेशपुर चोकमा तपाईंको मास्क खै ? अभियान सञ्चालन गर्दै ३ सय मास्क निः शुल्क बितरण गरेको छ ।
एबिसि नेपाल, स्ट्रोम फाउन्डेसन तथा पाल्हीनन्दन गाउँपालिकाको समन्वयमा ’तपाईंको मास्क खै ? अभियान सञ्चालन गरिएको हो । समुहकि अध्यक्ष गुडिया धवलको अध्यक्षता तथा वडा नं.२ का अध्यक्ष राम नगिना सिहको प्रमुख अतिथ्यता र वडा नं.१ को वडा अध्यक्ष लल्लन यादवको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
सो अवसरमा बोल्दै सिहले सर्वसाधारणलाई कोरोनाको जोखिमबारे सचेत गराउन तथा निषेधाज्ञा खुकुलो भए संगै मान्छेहरु मास्क नलगाई बाटो र चोकतिर हुल बाँधेर हिँडिरहेको भन्दै उनीहरुलाई सचेत गराउन र मास्क लगाउन उत्प्रेरित गर्न मास्क बितरणले सन्देश दिएको बताउनुभयो ।
समुकि अध्यक्ष धवलले कोरोनाबाट अफु पनि बचौ र अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ सञ्चालन गरेको मास्क बितरण कार्यक्रमबाट गरिब जनता लाई सहयोग पुग्नुका साथै कोरोनाको जोखिमबाट बच्न समेत सहयोग पुगेको बताउनुभयो । उक्त अवसरमा आफन्त नेपालकि ईन्चार्ज पदमा आचार्य,माईति नेपाल का सानू तामाङ , महेशपुर प्रहरी चौकिका जीवन नेपाली ,एबिसि नेपालका सहजकर्ता राजेश आर्या ,रन्जित बिश्वकर्मा ,लगायतको पनि सहभागिता थियो ।

error: Content is protected !!