मधेश मानव अधिकार गृहद्धारा विभिन्न सामग्री हस्तान्तरण

ध्रुव नारायण बनिया/रामग्राम न्यूज
महेशपुर,२८ भदौ । मधेश मानव अधिकार गृह(माहुरी होम)ले महेशपुरको आफन्त नेपाल सेल्टरलार्इै विभिन्न सामग्री हस्तान्तरण गरेको छ । डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टसंगको साझेदारीमा समग्र लैंगिक उत्तरदायी र जवावदेहिता न्यायमा पहुँच सुदृढीकरण (सहज) परियोजना अन्र्तगत महेशपुरमा रहेको आफन्त नेपाललाई सामग्री हस्तान्तरण गरेको हो ।
हाल कोभिड १९ ले सृजना गरेको असहज परिस्थितिमा लैंगिक हिंसा प्रभावित हरुलाइ निरन्तर सेवा प्रवाह गर्दै आइरहेको सेल्टरलाइ यस सहज परियोजनाको माध्यमले मधेश मानव अधिकार गृह (माहुरी होम) का अध्यक्ष रबि ठाकुरले लोबेड ३ थान,प्रेसर कुकर १ थान, राइस कुकर १ थान, प्लेट १२ थान, गिलास १२ थान, जग, बाटा, बाल्टी लगायत का १५ वटा सामान आफन्त नेपालका इन्चार्ज पदमा गैर (आचार्य) लाई हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा संस्थाका कार्यक्रम अधिकृत पुर्णिमा राना र सहजकर्ता रमेश चौहान लगायतको पनि सहभगिता रहेको थियो ।

error: Content is protected !!