सरावलमा मानसिक स्वास्थ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

महेश यादव/रामग्राम न्यूज
सरावल ,२७ भदौ। बिश्वभर आक्रन्त बनाई रहेको कोरोना भाइरसको महामारीको बालबालिकाहरुमा मानसिक तनाव बढन थालेको छ। यसलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा एबिसि नेपाल ,स्ट्रोम फाउन्डेसनको सहयोग र अधिकार संवाद केन्द्रको आयोजनामा मानसिक स्वास्थ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
संवाद किशोर किशोरी सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षता तथा एबिसि नेपाल ,स्ट्रोम फाउन्डेसनकि सहजकर्ता साईदा निशा पठानको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पठानले सवाद केन्द्रमा अध्यनरत किशोर किशोरीहरुलाई मानसिक स्वास्थ सम्बन्धि अभिमुखिकरण कार्यक्रम बाट स्वास्थ रहने र तनाव लाई हटाउन सक्ने ज्ञानको बिकास हने र कोरोना भाईरसबाट वच्ने तरिकाको बिस्तार गर्न र त्यसको न्युनिकरण गर्न सक्ने बताउनु भएको थियो ।
सो अवसरमा बोल्दै सञ्जालका अध्यक्ष यादवले संवाद केन्द्रमा अध्यनरत किशोर किशोरीहरुलाई यस कार्यक्रम बाट मानसिक तनाव हटाउने ज्ञानको अभिबृधि हुनुका साथै मानसिक तनाव बाट मुक्त भई स्वास्थ रहने तरिकाको जानकारी भएको बताउनुभयो ।
सञ्जालकि उपाध्यक्ष आईसा खातुनको स्वागत मन्तब्य रहेको कार्यक्रमको प्रशिक्षण सरावल स्वास्थ्य साखाका ओमनरायण देवकोटाले गर्नु भएको थियोे ।सो अवसरमा एबिसि नेपालकि सहजकर्ता सबिता चौधरी , दुर्गा बिक सञ्जालका कोषाध्यक्ष सन्दिप बिक ,सदस्य ललिता यादव लगाएतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक सचिव सञ्जय जयसवालले बताउनुभयो ।

error: Content is protected !!