गाउँपालिका र स्वास्थ्य चौकीलाई अत्यावश्यक सामग्री हस्तान्तरण

महेश यादव
सरावल,२४ भदौ । पश्चिमी नवलपरासीको सरावल गाउँपालिकामा सिडिएम नेपालको आयोजना र कारितास नेपालको सहयोगमा गाउँपालिका र सरावल वडा नं।३ को स्वास्थ चौकिलाई सोमवार स्पीकर ,पेनड्राईब र स्वास्थ चौकिलाई ट्यांकि १ थान ,बेसिन १ थान,हैण्ड वास ,सेनिटाईजर ४ थान,पिपि १ थान हस्तान्तरण गरिएको छ ।
सिडिएम नेपालको सरावल गाउँपालिकाका समाजिक परिचालक सुरेन्द्र हरिजन द्वारा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र जिन्सी साखाका टंक ज्ञवालिको रोहबरमा गाउँपालिका र सरावल वडा नं।३ को स्वास्थ चौकिलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो।

कोरोना भाइरस कोभिड १९ को विषम परिस्थितिमा बिपत सचेतना जिङ्गल प्रसारण गर्नको लागि र सुरक्षाकर्मी ,डाक्टर तथा जनताको सेवाका निम्ति गाउँपालिका र वडा नं।३ को स्वास्थ चौकिलाई उक्त सामग्री प्रदान गरिएको हरिजनले बताउनुभयो।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले कोरोना भाइरस कोभिड १९ को विषम परिस्थितिमा बिपत सचेतना जिङ्गल प्रसारण गर्नको लागि र सुरक्षाकर्मी ,डाक्टर तथा जनताको सेवाका निम्ति सहयोग गरेकोमा बिसेष धन्यबाद प्रधान गर्दै समुदायमा नै उदाहरणिय कार्य गरेको बताउनु भएको थियो ।

समाजिक परिचालक हरिजनले सरावल गाउँपालिकाका सम्पूर्ण सुरक्षाकर्मी ,डाक्टर र जनताको सेवाका निम्ति सिडिएम नेपाल र कारितास नेपाल सधै अगाडि रहने बताउनु भएको थियो ।

error: Content is protected !!