रति(कविता)

मदन सुवेदी

भगवत प्रेम त्यो
छ हृदयमा
टिलपिल टिलपिल
निरन्तर हरेकमा ।

आकास रोइरहेछ
आँसु झरिरहेछ
छालहरुमाझ निला समुन्द्रको
परेलिहरु च्याप्ल्याङ् च्याप्ल्याङ्
हिडिरहेछन् सेता फिजलाइ
धारवान बनाइ गन्तव्यको।

चिसो हिमालको शिरलाइ
रेटिनामा लुकाएर
मस्तिष्क हांसिरहेछ कस्तो हांसो
दन्तलहर फिजाइ
सुनसान छिरमा।
नसोचेको कथा
कल्पना नदेखेको ।
बज्रियो मैमाथी बिधाताले नलेखेको।

सुकेका पात सरि ओठ मेरा ।
पतित भन्दा पतित मन मेरो ।
हा १ पातकी जीवन मेरो।
दारुण पाइन
गदगद भइन।
भन्थे सबै हुंकार खांए
अंह मैले के खांए ।

उन्माद भएन कुनै पला
वाक नफुट्दो आं युक्त गला
एक लम्पट म ,एक झन्झट म
एक ज्युदै जलेको कांचो मुढो म
एक पाप ल्हादी म ,एक स्तृवादी म ।

हा , त्यो निर्जिव थियो या ना
खै त्यो चैतन्य थियो या ना
उनलाइ धिकार्दछु
बौलाएर , बुझेर या
साख्य रस मेरो।

निलेका समुन्द्र फाल्छ्न्
मेरा परेला
मेरै मुटु माझ हुँदै
तर हुदैन शितल त्यो
झन आगो हुन्छ दनदन
उम्लन्छ चम्कन्छ
गर्जन्छ भल्कन्छ
घर्सन्छ तर्सन्छ
अनि फुट्छ।

error: Content is protected !!