निषेधाज्ञा खुकुलो भएसंगै संकल्प प्रतिष्ठानको फुड बैंक केही समय स्थगित

महेश यादव
सरावल, २२ भदौ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले निषेधाज्ञालाई केही खुकुलो बनाएपछी जिल्लाको सरावल गाउपालिकामा सञ्चालनमा रहेको फुड बैंक केही दिनका लागि स्थगित गरिएको छ । संकल्प प्रतिष्ठान पश्चिम नवलपरासीको आयोजना तथा वी आर फ्रम बासाबसही सरावल १ को समन्वयमा गत शुक्रबार देखी बासामा ४ दिन सम्म सञ्चालनमा फुड बैंक सञ्चालन गरिएको थियो ।
चार दिनको अवधिमा सरावल गाउपलिका भित्रका र विभिन्न जिल्लाबाट यस क्षेत्रमा बसोबास गर्दै आइरहेका गरिब, अति विपन्न, असहाय, मजदुर गरि अहिले सम्म ३ सय ३७ जनालाई सेवा प्रदान गरिएको प्रतिस्ठानका अध्यक्ष शुसान्त शर्मा घिमिरेले बताउनुभयो । फुड बैंकबाट ती घर परिवारलाई दैनिक रुपमा चालम, नुन, सोयाविन, तेल, आलु, पिठो, भुजा, दाल, दुध लगाएतका खाद्य बस्तूहरु वितरण गर्दै आइरहेकोमा अहिले भने निषेधाज्ञाा खुकुलो भएसंगै जनजिवन पनि समान्य बन्दै गएकाले यस तत्काल स्थगित गरिएको र फेरी परिस्थिति जटिल बन्दै गए पुन यस कार्यमा सक्रिय भई विपन्न परिवाहरुको सेवामा खटिने संकल्प प्रतिष्ठानका अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ ।
सोमबार प्रतिष्ठानका पदाधिकारी, वी आर फ्रम बासाबसहीका पदाधिकारहरु लगाएतको उपस्थितीमा फुड बैंकलाई समापन गर्दै अध्यक्ष शर्माले दुई छाकको समेत जोहो गर्न नसकेका परिवारलाई लक्षित गरी आफुहरुले फुंड बैंक सञ्चालनमा ल्याई अतिविपन्न वर्गलाई सेवा गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।
चार दिन सम्म सञ्चालित यस फुड बैंकबाट ३ सय ३७ जनालाई सेवा दिइएकोमा करिब २ लाख ५१ हजार ६ सय ६३ रुपिया बराबरको खर्च भएको प्रतिष्ठानका महासचिव सञ्जय मौर्यले जानकारी दिनुभएको छ ।

error: Content is protected !!