परासीमा सिद्धार्थ मल्टी सेवाको शुभारम्भ – घरजग्गा खरिदविक्री तथा भाडामा लिनुदिनु परेमा सम्पर्क गर्न सकिने

परासी, २९ साउन । जीवनभरको कमाइबाट सुन्दर घर खरिद गर्ने मानिसको चाहना हुन्छ । तर, मानिसलाई दुःख त त्यतिवेला हुन्छ, जब दुःख र सुख गरेर जोडेको रकम बीचका दलालीले खाइदिन्छन । घरजग्गा खरिद–बिक्रीमा अहिले धेरै दलाल सक्रिय छन ।
यस्ता दलालीबाट घरजग्गा खरिद–बिक्री गर्ने धेरै मानिसको बिचल्ली भएको छ । यही समस्यालाई मध्यनजर गरी सिद्धार्थ मल्टी सेवा प्रालिले घरजग्गा खरिदबिक्री व्यावसायिक रूपमा मध्यस्थकर्ताको काम सुरु गरेको छ ।यो कम्पनीले आजदेखि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आफ्नो कार्यालय स्थापना गरी सेवा शुभारम्भ गरेको हो ।
हामी पारदर्शी रूपमा काम गर्छौं , खरिदकर्ता र बिक्रीकर्ताको आवश्यकताअनुसार सम्झौता गराउँछौँ। सरकारलाई नियमअनुसार कर भुक्तान गर्छौं , कम्पनीका सञ्चालक शभ्भु उपाध्यायले भन्नुभयो ।
घरजग्गा खरिदकर्ता तथा विक्रेताबीच मध्यस्थकर्ताको काम गर्ने, घरजग्गा खरिद गर्न चाहने व्यक्तिलाई आवश्यकताअनुसार सेवा प्रदान गर्ने, घरजग्गा बिक्री गर्न चाहनेलाई पनि कम्पनीले सेवा प्रदान गर्ने, घर भाडामा लिनु वा दिनेबीचको पनि मध्यस्थकर्ताको काम गर्ने उपाध्यायले बताउनुभयो । घरजग्गा खरिद वा बिक्री वा भाडा लिनु–दिनुपरेमा व्यक्तिले कम्पनीमा सम्पर्क गर्नुपर्नेछ ।

 

error: Content is protected !!