नेकपा रामग्रामले मनायो पुष्पलाल स्मृत्ति दिवस

परासी, ७ साउन । पुष्पलालको सपना पूरा गर्न पार्टी एक्क ढिक्का हुनुपर्ने परासीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृत्ति दिवसको अवसरमा आज नेकपा रामग्राम नगर कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताएका हुन् ।
नेकपा रामग्राम नगर ईन्चार्ज बुद्धन अलिको अध्यक्षता तथा पूर्व केन्द्रिय सल्लाहकार केशरमणि पोखरेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेकपाका जिल्ला सचिव तुलसी पासी, नेकपाका नेताहरु वीरेन्द्र यादव, श्याम बस्याल लगायतले बोल्नुभएको नेकपा नगर सचिव हरिलाल यादवले बताउनुभयो ।

error: Content is protected !!