रामनगर जेसीजद्धारा रक्तदान, जेसीज पार्क निर्माण गर्न उपमेयर अर्यालको आग्रह

मोहन पौडेल
परासी, २७ असार – युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल रहेको रामनगर जेसीज भूमहीले सामाजिक उत्तरदायित्व बहन गर्दै आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा सुनवल–१२ भूमहीमा आज भएको उक्त कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।
रामनगर जेसीज वर्ष २०२० का अध्यक्ष भोजराज पौडेलको अध्यक्षता तथा सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उपप्रमुख अर्यालले विषय परिस्थितिमा पनि रामनगर जेसीजले रक्तदान कार्यक्रम गरेर सामाजिक उत्तरदायित्व वहन गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले जेसीजले युवाहरुलाई गोलवद्ध गरेर विभिन्न रचनात्मक कार्य गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा जेसीज पार्क स्थापनामा पनि जोड दिन आग्रह गर्नुभयो । त्यसका लागि आवश्यक सहयोग नगरपालिकाबाट पनि गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सुनवल–१२ का वडाध्यक्ष यामलाल पाण्डे, रामनगर जेसीजका संस्थापक अध्यक्ष डोलराज भण्डारी, प्रस्तावित बर्दघाट जेसीजका अध्यक्ष गणेश न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
रामनगर जेसीजका महासचिव जयराम बस्यालको सञ्चालन तथा कार्यक्रम संयोजक युवराज भुसालको स्वागत मनतव्य रहेको उक्त कार्यक्रममा रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरी, सुनवल–११ का वडाध्यक्ष देवीलाल डुम्रे, रामनगर जेसीजका निवर्तमान अध्यक्ष हिमा न्यौपाने, पूर्व अध्यक्षहरु बलराम चापागाई, ढुण्डिराज भट्टराई, भोजराज चापागाई लगायतको पनि सहभागिता रहेको थियो ।

error: Content is protected !!