राहत सुविधाको माग गर्दै पश्चिम नवलपरासीका उद्योगी व्यवसायी सडकमा

मोहन पौडेल
परासी, २५ असार । कोभिड–१९ को महामारीका कारण प्रभावित उद्योग, व्यवसाय क्षेत्रलाई आर्थिक तथा मौद्रिक नीति मार्फत राहत सुविधाका कार्यक्रम ल्याउन माग गर्दै पश्चिम नवलपरासीका उद्योगी, व्यवसायी सडकमा उत्रिएका छन् ।
नवलपरासी उद्योग वाणिज्य संघको अगुवाईमा जिल्लाका उद्योगी, व्यवसायीहरुले आज परासीमा दवावमुलक ¥यालीको आयोजना गरेका थिए । संघको कार्यालयबाट शुरु भएको ¥याली नगरका विभिन्न भाग हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । त्यसपश्चात संघका कार्यबाहक जिल्ला अध्यक्ष ओमप्रकाश अग्रहरीले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकमार्फत प्रधानमन्त्रीलाई विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाउनुभएको थियो ।
संघका कार्यबाहक जिल्ला अध्यक्ष ओमप्रकाश अग्रहरी, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियशनका अध्यक्ष प्रेम न्यौपाने, पाल्ही मध्य नेपाल यातायात प्रालिका अध्यक्ष ऋषिराम पौडेल, नवलपरासी सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष लवकुश बर्मा, कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष शम्भु उपाध्याय लगायतको हस्ताक्षर रहेको ज्ञापन पत्रमा सरकारले राहत प्याकेज नल्याउने हो भने अर्थतन्त्र थप धरासायी बन्ने निश्चित भएको उल्लेख गरिएको छ ।
ेविश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट विश्व नै आक्रान्त भएको बेला नेपाल जस्तो विकासोन्मुख, रेमिट्यान्स तथा आयातमा निर्भर राष्ट्रको अर्थतन्त्र नै अस्तव्यस्त भएको संघको भनाई छ । अस्तव्यस्त बनेको उद्योग, व्यवसायलाई बजेटले कुनै राहत दिन नसके पनि मौद्रिक नीतिले राहत दिने बिश्वास व्यवसायीको भनाई छ ।
कोभिड–१९ को संक्रमणको अवस्थालाई हेर्दा यसको असर लामो समय सम्म रहने निश्चत भएको भन्दै विज्ञहरु अध्ययन र पूर्वानुमानबाट पनि भविष्यमा आर्थिक संकट निम्तिन सक्ने आकंलन गरेर राहत प्याकेज ल्याउनु पर्ने उनीहरुको जोड छ । निकट भविष्यमा हुने आर्थिक महामन्दीको अवस्थालाई पूर्व आकंलन गर्दै त्यसको असर न्यून गर्ने तर्फ अर्थतन्त्र चलायमान हुनुपर्ने देखिएको बताउँदै उनीहरुले यस्तो परिस्थितिमा उद्योग व्यवसायलाई राहतका निम्ति आर्थिक विधेयकका साथै मौद्रिक नीति मार्पmत आवश्यक व्यवस्था गरी राहत तथा सुविधा प्रदान गर्नका लागि संघको तर्फबाट जोडदार माग गरिएको महासचिव गिरीराज पाण्डेले बताउनुभयो ।

error: Content is protected !!