नागरिकता विधेयकको विरोधमा जसपाद्धारा परासीमा विरोध प्रर्दशन

मोहन पौडेल

परासी, १६ असार । जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा परासीमा विरोध प्रर्दशन गरेको छ ।
जसपाको पार्टी कार्यालयबाट निस्केको विरोध ¥याली नगरका विभिन्न भाग परिक्रममा गरी बुद्धचोकमा कोणसभा परिणत भएको थियो । कोणसभामा जसपाका जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका छन् । उनीहरुले सरकारविरुद्ध नारावाली पनि गरेका थिए ।
कोणसभा अघि जसपाका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका थिए । तर प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । नागरिकतामा वैवाहिक अंगीकृतका लागि सात वर्षे प्रावधान राख्न लागेकोमा आफूहरुको विरोध रहेको जसपाका नेता एवं साविक समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताउनुभयो ।
नेपाली पुरुषसँग विदेशी महिलाले विहे गरेको सात वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सकिने प्रावधान स्वीकार नहुने उहाँले बताउनुभयो । नागरिकता ऐनमा हाल कायम रहेको प्रावधान नै राख्नुपर्ने जसपाका अर्का नेता एवं साविक राजपा नेपालका जिल्ला अध्यक्ष मुकुरजी गिरीले माग गर्नुभयो ।

error: Content is protected !!