रामग्राम महिला जेसीजद्धारा पोखरापाली हनुमान मन्दिर परिसरमा वृक्षारोपण

परासी, ३ असार । रामग्राम महिला जेसीजको आयोजनामा रामग्राम–६ पोखरापालीस्थित हनुमान मन्दिर परिसर पार्क क्षेत्रमा वृक्षारोपण गरिएको छ । विश्व खडेरी विरुद्धको संघर्ष दिवसको अवसर पारेर आज उक्त क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो ।
खडेरीबाट उत्पन्न हुने समस्यालाई रोक्न वृक्षारोपण गरिएको रामग्राम महिला जेसीजकी अध्यक्ष रजनी ढकालले बताउनुभयो । वृक्षारोपणको माध्यमले खडेरी र सुख्खाको समस्या कम हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा रामग्राम–६ का वडाध्यक्ष जीतेन्द्र अग्रहरीले पार्क क्षेत्रको विकासमा नगरपालिकाले चासो लिएर अघि बढेको बताउनुभयो । चालु आवमा रु ४० लाख बजेट विनियोजन भएपनि लकडाउनका कारण समयमा काम गर्न नसकिएको तर आगामी वर्ष थप रु ५० लाख विनियोजन हुने बताउनुभयो ।
रामग्राम महिला जेसीजकी अध्यक्ष ढकालको अध्यक्षता तथा रामग्राम–६ का वडाध्यक्ष अग्रहरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका अध्यक्ष सन्दीप अग्रहरी, रामग्राम जेसीजका पूर्व अध्यक्ष सुमन गोपाल आचार्य, राजकुमार रेश्मी, रामग्राम महिला जेसीजकी कार्यकारी उपाध्यक्ष सुमित्रा चौधरी, कार्यक्रम संयोजक जोगमाया चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

error: Content is protected !!