रामग्राम गुरुयोजना कार्यान्वयन गर्ने सरकारको घोषणापछि स्थानीयवासी हर्षित, रामग्राम विकास कोष गठन गर्न माग

परासी, २ असार । नेपाल सरकारले रामग्राम स्तूपको गुरुयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने भनी घोषणा गरेपछि स्थानीयवासी हर्षित भएका छन् । उनीहरुले सरकारको घोषणालाई छिटो कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
नेपाल सरकारले आव २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेटमा रामग्रामको गुरुयोजना कार्यान्वयनमा ल्याउने घोषणा गरेको थियो । रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था रामग्राम–७ उजैनीले आज प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकमार्फत प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीलाई ज्ञापन पत्र पठाउँदै गुरुयोजना कार्यान्वयनका लागि रामग्राम विकास कोष गठन गर्न पनि माग गरेको संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो ।

error: Content is protected !!