रामग्राम नगरपालिकाद्धारा आ.व.२०७७/०७८ मा ७ करोड २४ लाख राजस्व संकलन हुने प्रक्षेपण

परासी, २६ जेठ । रामग्राम नगरपालिका परासीले आगामी आर्थिक वर्ष २०७७÷०७८ मा रु सात करोड २४ लाख २८ हजार आन्तरिक राजस्व संकलन हुने प्रक्षेपण हुने अनुमान गरेको छ ।  नगर उपप्रमुख रम्भा कुंवर संयोजकत्वको राजस्व परामर्श समितिको बैठकले उक्त प्रक्षेपण गरेको छ ।
बैठकमा राजस्वका विभिन्न क्षेत्रका बारेमा छलफल भएको नगर उपप्रमुख एवं राजस्व परामर्श समिति संयोजक कुंवरले बताउनुभयो । नगरपालिकाले गत आर्थिक वर्षमा भने कोरोना भाईरसको जोखिम र लकडाउनका कारण लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन ।
गत आर्थिक वर्षमा रु ६ करोड ४९ लाख ८७ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा त्यसको ५५ प्रतिशत अर्थात तीन करोड ६० लाख ४७ हजार संकलन गर्न सफल भएको जनाएको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसााद रेग्मी, राजस्व उपशाखा प्रमुख खेमराज ढकाल, लेखापाल सञ्जय शर्माले नगरपालिकाको राजस्व संकलनको विषयमा जानकारी गराउनुभएको थियो ।

error: Content is protected !!