एनआईसी एसिया बैंकद्धारा रामग्राम स्तूपसहित धार्मिक क्षेत्रमा डष्टविन वितरण

डष्टविन वितरण

मोहन पौडेल
परासी, २३ फागुन । एनआईसी एसिया बैकले रामग्राम स्तूपसहित पश्चिम नवलपरासीका विभिन्न धार्मिक क्षेत्रहरुमा डष्टबिन वितरण गरेको छ । बैंकले धार्मिक क्षेत्रलाई सफा र स्वच्छ बनाउनका लागि डष्टविन वितरण गरेको हो ।
रामग्राम स्तूप क्षेत्रमा फोहोर व्यवस्थापनका लागि दुईवटा डष्टविन हस्तान्तरण गरिएको छ । एनआईसी एसिया बैंक परासी शाखाका प्रमुख प्रविन रायमाझी, भूमही शाखाका प्रमुख तिलक खनाल लगायतको टोलीले रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायलाई डष्टविन वितरण गर्नुभयो ।
बैंकले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै धार्मिक क्षेत्रको फोहोर व्यवस्थापनमा सहज होस् भनी डष्टविन वितरण गरिएको भूमही शाखाका प्रमुख खनालले बताउनुभयो । डष्टविन ग्रहण गर्दै संस्थाका अध्यक्ष उपाध्यायले सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । यो सहयोगले स्तूप क्षेत्रमा आउने पर्यटकलाई फोहोर व्यवस्थापनमा सहयोग पुग्ने र स्तूपको सरसफाईमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । एनआइसी एसिया बैंकले आजै सुनवलको कृष्णधाम र बाबा बर्दगोरिया मन्दिर तथा बर्दघाटको शिवालय मन्दिरमा पनि डष्टविन वितरण गरेको जनाएको छ ।

error: Content is protected !!