गेरमा शिवमन्दिरमा आज विराट कुस्ती एवं महाशिवरात्री मेला

विराट कुस्ती एवं महाशिवरात्री मेला

मोहन पौडेल/अभिषेक राव
परासी, फागुन ९ । पाल्हीनन्दन गाउँपालिकाको वडा नं. ५ स्थित गेरमा शिवमन्दिर क्षेत्रमा पहिलो पटक आज वृहत महाशिवरात्री मेला तथा विराट कुस्ती दंगल प्रतियोगिता आयोजना गरिएको छ । गेरमा क्षेत्रमा रहेको प्राचीन शिवमन्दि र पोखरीलाई पर्यटकीय स्थलको रुपमा चिनाउन गाउँलेहरुको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगितामा भारत र नेपालका प्रसिद्ध पहलमानहरुको सहभागिता रहने आयोजक गेरमा परिवारका अध्यक्ष धर्मेन्द्र गिरीले बताउनुभयो । बाबा केशवदास, पन्नेलाल, देवा थापा, बसन्त थापा, सुचित चौधरी लगायतका पहलमानहरुले प्रतिस्पर्धा गर्नेछन् । कुस्ती प्रतियोगिता आज र भोली दुईदिन सञ्चालन हुनेछ । महाशिवरात्री मेलामा विहानै देखि भक्तजनको घुईँचो लागेको छ ।
यसैगरी प्राचीन पोखरीमा स्टीमर तथा डुंगा शयरको व्यवस्था गरिएको छ भने रस्सा कस्सी प्रतियोगिता, घडाफोर प्रतियोगित, झुला लगायतका मनोरञ्जनतात्मक खेलहरु पनि सञ्चालन हुने अध्यक्ष गिरीले बताउनुभयो ।
गेरमा क्षेत्रमा रहेको प्राचिन शिवमन्दिर र पोखरी सयौँ वर्ष पुरानो र ऐतिहासिक महत्व रहेको तर ओझेलमा परेकोले गाउँलेहरु मिलेर यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेको सचिव रामबहादुर कुर्मीले बताउनुभयो ।

error: Content is protected !!