प्रेस युनियनको केन्द्रीय महाधिवेशन चैत २१ गते नेपालगञ्जमा

 

प्रेस युनियनको केन्द्रीय महाधिवेशन चैत २१ गते नेपालगञ्जमा
 
 

चितवन, माघ ७-

प्रेस युनियनको केन्द्रीय महाधिवेशन चैत २१ गतेदेखि २२ सम्म नेपालगञ्जमा हुने भएको छ ।  युनियनको केन्द्रीय समितिको आज भरतपुरमा बसेको बैठकले सो निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठक उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले ल्याएका विद्ययेकमा विचार अभिव्यक्तिको स्वतन्त्रता र सूचनाको हकमा आघात पुग्ने गरी राखिएका प्रावधान हटाउन माग गरे । ‘सञ्चारमन्त्रीले विधायन व्यवस्थापन समितिमा जनाएको प्रतिबद्धता हेर्दा हाम्रो आन्दोलनबाट आत्तिएको अनुभूति भएको छ’, उनले भने, ‘यतिलेमात्रै सरकारको निरङ्कुस यात्रामा अल्पविराम लाग्छ भन्ने छैन, एकातिर लचिलो बन्ने, अर्को कानुनले पेल्ने नीति देखिन्छ ।’ उनले पत्रकारलाई कमजोर, हतोत्साहित र नियन्त्रण गर्ने उद्देश्यले कानुन निर्माण भइरहेको महसुस भएको बताए । ‘विद्ययेकका प्रावधान हेर्दा संविधानले परिकल्पना गरेका शक्ति पृथकीकरण, तीन पीलरको शासन प्रणालीलाई, स्वतन्त्र अदालतको अस्तित्वलाई पनि चुनौती दिएको छ’, उनले भने, ‘अर्धन्यायिक अदालतबाट पाँच वर्ष जेल, १५ लाखसम्म जरिवानाको व्यवस्था गरेको छ, यो विरुद्ध महासंघ लडिरहेको छ ।’ उनले सरकारले प्रस्ताव गरेका विद्ययेक हुबहु पारित भएमा पालैपालो पत्रकार जेल जाने अवस्था आउने बताए । ‘हामीले प्राप्त गरेका स्वतन्त्रता सबै गुुम्न अवस्था छ’, उनले भने, ‘कोही जेल जाने, कोही छुट्ने, कोही जेल जान तयार हुने क्रम दोहोरिरहने छ ।’ उनले सामाजिक सञ्जाल नियमन सम्बन्धी ऐन प्राज्ञिक, बौद्धिक वर्गलाई लक्षित गरी दुरुपयोग हुने खतरा रहेको बताए ।

error: Content is protected !!