परासीको औद्योगिक मेलामा आज कमल खत्री, अर्जुन कौशल, भरत भोजपुरीयाको बजोड प्रस्तुती हुने

मोहन पौडेल
परासी, ५ मंसिर । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा मंगलबारदेखि शुरु भएको नवलपरासी औद्योगिक व्यापार मेला २०७६ को आज तेस्रो दिन चर्चिक कलाकारहरु कमल खत्री, अर्जुन कौशल तथा भोजपुरी गायक भरत भोजपुरीया, हमार भोजपुरी फिल्मी दुनिया लगायतको बेजोड प्रस्तुति रहने भएको छ ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजना तथा रामग्राम नगरपालिकाको संरक्षकत्वमा सञ्चालन भईरहेको मेलामा दोस्रो दिन हिजो मेलोडि गायक रमेश श्रेष्ठ, हास्य कलाकार धावा लामा,भोजपुरी कलाकार सन्तोषराज, सेलिना कुंवर सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति भएको मेलाका सांस्कृतिक संयोजक तारा आचार्यले बताउनुभयो ।
औद्योगिक व्यापार मेलामा करिव डेढ सय स्टल रहेका छन् । विशेष आकर्षणको रुपमा भोजपुरे खुकुरी, पाल्पाली सुन्तला, पाल्पाली ढाका, कृषि प्रदर्शनी, लघु उद्यमीका उत्पादन, हस्तकला, छाला तथा जुत्ताचप्पल, कपडा लगायतका व्यवसायिक स्टलहरु दर्शकको आकर्षणमा परेका मेला प्रवक्ता गिरीराज पाण्डेले बताउनुभयो ।
मेलामा नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्षलाई समेत मध्यनजर गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रवेशद्धार पशुपति नाथ मन्दिरको झल्को दिने गरी बनाईएको छ भने रामग्राम स्तुपको प्रवद्र्धनका लागि रामग्राम स्तुपको आकृत्ति तथा मायादेवी मन्दिर पनि निर्माण गरिएको आयोजक नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो । मंसिर १५ गतेसम्म सञ्चालन हुने मेलाको मंगलबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।

परासीको औद्योगिक मेला
error: Content is protected !!