उद्योगी रुपज्योति पक्राउप्रति नेउवामहासंघ प्रदेश ५ को गम्भीर ध्यानाकर्षण

परासी, कात्तिक २८ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ ले उद्योगी रुपज्योति पक्राउप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारीले एक विज्ञप्ती जारी गर्दै स्वदेश फर्कने क्रममा ज्योति ग्रुपका सञ्चालक डा.रुप ज्योति र उहाँकी छोरी सुरुची ज्योतिलाई पक्राउ गरी हिरासतमा लिईएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
यस्तो क्रियाकलापले लगानीमैत्री वातावरणमा असर पुग्ने महासंघले दाबी गरेको छ । महासंघले रुप ज्योतिको पक्राउपछि निजी क्षेत्र प्रोत्साहित हुने अवस्था नरहेको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, “राष्ट्रिय अर्थतन्त्र सबल बनाई समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनालाई साकार पार्न राष्ट्रिय पुँजी निर्माण र परिचालनको लागि स्वदेशी लगानीकर्ताको मनोबल उच्च पार्नुको सट्टा हजारौँ रोजगारी सिर्जना गरी करोडौँ राजस्व बुझाउने, पारदर्शी जीवनशैलीका अनुयायी डा.रुपज्योतिलाई आरोपित विषयमा छलफलबाटै निकास निकाल्नुपर्नेमा सो नगरी प्रहरी हिरासतमा राखी अनुसन्धान गर्दा कँहीकतै पूर्वाग्रह त हैन भन्ने शंका उत्पन्न भएको छ, यस्ता क्रियाकलापबाट स्वदेशी वा विदेशी लगानीकर्ता त्रसित भई लगानी मैत्री वातावरण नहुने भएकोले यथाशिघ्र सत्यतथ्य अनुसन्धान प्रक्रिया पूरा गरी सामान्य तारिखमा रिहा गरी लगानी मैत्री वातावरण सिर्जना गर्न अनुरोध गर्दछौँ ।”
उद्योगी÷व्यवसायीहरू माथि हुने यस प्रकारको रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्न सक्ने महासंघको भनाई छ ।

विज्ञप्ती
error: Content is protected !!