सयपत्रि साकोसको प्रोबेशन अन्तिम परीक्षण सम्पन्न

सुनवल, कार्तिक २७ । नवलपरासीमा केन्द्रीय कार्यालय रहेको सयपत्रि बचत तथा ऋण सहकारी संस्थाको प्रोबेशन अन्तिम परीक्षण आज नेफ्स्कूनका बरिष्ठ अधिकृत दिपक ढुङ्गाना र कार्यक्रम अधिकृत बिदुर खड्का सहितको प्राविधिक कर्मचारीहरुद्धारा सम्पन्न भएको छ ।
उक्त साकोसको प्रोबेशन अन्तिम परीक्षणमा संचालक समितिका पदाधिकारीहरु साकोसका व्यवस्थापक टिकाराम तिमिल्सिना र ऋण प्रमुख रिता बुडाथोकीको समुपस्थितिमा साकोसको प्रोबेशन सूचांक परीक्षण गरिएको सहकारीका व्यवस्थापक टिकाराम तिमिल्सिनाले बताउनुभयो ।
साकोसका सञ्चालक समिति तथा कर्मचारीहरूबाट प्रोबेशन परीक्षणका लागि पुग्नुभएका संघका प्राविधिक कर्मचारीहरुलाई स्वागत गरिएको थियो । संस्थाले यसअघि २०७५ सालमा पनि प्रोबेसनको अन्तिम परीक्षण गराई नेपालस्तरको गुणस्तर ब्रान्ड प्राप्त गरेको थियो ।
साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशनमा आबद्ध भएका र तोकिएको मापदण्ड पुरा गरेका साकोसहरुको प्रोबेशन अन्तिम परीक्षण यही कात्र्तिक २२ गतेदेखि शुरु भएको हो । अन्तिम परीक्षणमा परेका सबै बचत तथा ऋण सहकारी संस्थाहरुको परीक्षण यही कार्तिक ३० गते सम्पन्न हुँदैछ ।
पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेशन)–साकोसहरुको गुणात्मक वृद्धिका लागि सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले संयुक्त रुपमा विकास गरेको राष्ट्रिय स्तरीकरण कार्यक्रम हो ।

प्रोबेशन अन्तिम परीक्षण
error: Content is protected !!