सहकारी एकीकरण कार्यशाला गोष्ठी सम्पन्न

सुनवल, २५ कात्तिक । सुनवलस्थित सयपत्रि बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा सुनवल नगरपालिकाको सहयोगमा सुनवल नगरपालिकामा संचालित ३१ ओटा सहकारी सस्थाहरुको सहभागीतामा १ दिने सहकारी एकिकरणमा अवसर र चुनौति विषयक कार्यशाला गोष्ठी सम्पन्न भयको छ ।
साकोसका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्ष्यता तथा सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्य, उपप्रमुख दधिराम अर्यालको विशेष आतिथ्यमा भएको उक्त कार्यक्रममा नेफ्स्कूनका केन्द्रीय सदस्यहरु कृष्णप्रसाद नेपाल र चण्डीप्रसाद शर्मा पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ , सुनवल नगरपालिका सहकारी शाखाका प्रमुख मोहन ज्ञवाली , जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णुप्रसाद पौडल, ५ नं. प्रदेश बचत संघका सञ्चालक नारायण बहादुर थापाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले नगरपालिकामा रहेका ६२ सहकारी संस्था रहेकोमा अब सहकारीको संख्यात्मक बृदि भन्दा उत्पादन र गुणस्तरमा जोडदिनुपर्ने बताउनुभयो । सभामा ३१ ओटा सहकारी संस्थाका पदाधिकारी र ब्यवस्थापक गरि प्रति संस्था ५ जनाका दरले १५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रम सयपत्रि साकोसका उपाध्यक्ष रमेश कर्माचार्यको स्वागत, सचिव नारायण पौडेको सञ्चालन रहेको थियो भने कार्यक्रमको सहजिकरण नेफ्स्कूनका केन्द्रीय सदस्य चण्डी प्रसाद शर्मा पौडेल र नगरपालिका का सहकारी शाखाका मोहन ज्ञवालीले गर्नुभएको थियोे । कार्यक्रममा राज्य र अभियानको मर्म अनुरुप अब सहकारी संस्थाहरु आपसमा एकीकरण गरि सबल , सक्षम र ब्यवसायिक हुनुपर्नेमा जोड दिईएको सयपत्रि साकोसका व्यवस्थापक टिकाराम तिमिल्सिनाले बताउनुभयो ।

कार्यशाला गोष्ठी
error: Content is protected !!