हृदेयश त्रिपाठीलाई सुखौरामा भव्य स्वागत, सडकका लागि एक करोड विनियोजन

परासी, २८ कात्तिक । पूर्वमन्त्री एवं नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हृदेयश त्रिपाठीले आज आफ्नो संसदीय विकास कोषबाट रकम विनियोजन भएको योजनाको स्थलगत अवलोकन गर्नुभएको छ ।
बर्दघाट नगरपालिका–२ स्थित दुर्गम क्षेत्र मानिने सुखौरामा आज स्थलगत अवलोकनका लागि पुग्नुभएका नेता त्रिपाठीलाई स्थानीयले भव्य स्वागत पनि गरेका थिए । त्रिपाठीले आफ्नो संसदीय कोषबाट सुखौरा गाउँको सडक स्तरोन्नतिका लागि रु एक करोड बजेट विनियोजन गर्नुभएको छ ।
सोही सडकको काम गर्नुपूर्व उहाँले आज स्थलगत अवलोकन गर्नुभएको हो । जङ्गलको कच्ची बाटो भएकोले सुखौराबासीले विशेषगरी बर्खाको समयमा सास्ती खेप्दै आएका थिए । उक्त बाटोमा रकम परेपछि अहिले स्थानीयवासीमा खुशीयाली छाएको सुखौराका स्थानीय देवान गुरुङले जानकारी दिनुभयो ।

त्रिपाठीलाई सुखौरामा स्वागत
error: Content is protected !!