परासीमा स्वतन्त्र राजनीतिक समूहको कार्यालय उद्घाटन, कृषि, भ्रष्टाचार र विभेदका सवालमा पैरबी गर्ने

मोहन पौडेल/अभिषेक राव
परासी, २४ कात्तिक – स्वतन्त्र राजनीतिक समूहले पश्चिम नवलपरासीको परासीमा जिल्ला कार्यालय स्थापना गरेको छ । कार्यालयको आज एक समारोहका बीच उक्त समूहका राष्ट्रिय संयोजक एवं प्रतिनिधिसभा सदस्य हृदेयश त्रिपाठीले उद्घाटन गर्नुभयो ।
सो अवसरमा नेता त्रिपाठीले समाजमा व्याप्त विभेद, भ्रष्टाचार र कृषकमा समस्या निवारण गर्ने अभियानका साथ स्वतन्त्र राजनीतिक समूह अगाडि बढीरहेको र यी मुद्दामा सहमती जनाउने दलसँग एकता हुने अन्यथा समूहलाई राजनीतिक दलको रुपमा स्थापित गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।
स्वतन्त्र राजनीतिक समूहले अहिलेसम्म ३४ जिल्लामा सङ्गठन विस्तार गरेको उहाँको भनाई छ । नेपाली भूमि कालापानी र लिपलेक फिर्ता गर्न सरकारले तत्काल भारतसँग कुटुनीतिक वार्ताको पहल शुरु गर्नुपर्ने उहाँले बताउनुभयो । संविधानलाई सर्वस्वीकार्य गर्न संशोधन आवश्यक रहेको उहाँले बताउनुएको स्वतन्त्र राजनीतिक समूहका जिल्ला संयोजक राधेरमण पाण्डेले बताउनुभयो ।
उक्त कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, पूर्वराज्यमन्त्री घनश्याम यादव, समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव, राजपा नेपाल नवलपरासीका वरिष्ठ नेता पुरन चौधरी, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर लगायतको पनि सहभागिता रहेको थियो ।

कार्यालय उद्घाटन
error: Content is protected !!