रामग्राम स्तुपमा भोलीदेखि भू–भौतिक सर्वेक्षण हुने


परासी, कात्र्तिक २१ । पश्चिम नवलपरासीको धार्मिक एवं पूरातात्विक स्थल रामग्राम स्तुपमा शुक्रबारदेखि भू–भौतिक सर्वेक्षण हुने भएको छ ।
यूनोस्कोमार्फत फ्रान्सको द ओरेन्टील कल्चरल हेरिटेज साईट प्रोटेक्सन एलाईन्सको आर्थिक सहयोगमा नेपाल सरकार, पूरातत्व विभाग, लुम्बिनी विकास कोष, बेलायतको दुरहाम विश्व विद्याललय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विज्ञहरुको संलग्नतामा यो सर्वेक्षण हुन लागेको हो ।
यसबारे विहिबार स्तुप परिसरमा एक कार्यक्रम गरी जानकारी गराईएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्यले रामग्राम स्तुप विश्व सम्पदा सूचिमा सुचिकृतका ला्गि पर्खाईमा रहेको बताउँदै त्यसको यथेष्ट प्रमाण संकलनका लागि यो सर्वेक्षण गर्न लागिएको जानकारी दिनुभयो ।
सो अवसरमा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ता, प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनी, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

error: Content is protected !!