एजेन्सी । पाकिस्तान विरुद्धको दोस्रो टी–ट्वेन्टीमा अष्ट्रेलिया विजयी भएको छ । जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
पाकिस्तानले दिएको १५१ रनको लक्ष्य अष्ट्रेलियाले १८.३ ओभरमा भेट्टाउँदै ७ विकेटको जित आत्मसाथ गरेको छ । उत्कृष्ट सुरुवात गरेका अष्ट्रेलियाका ओपनर डेविड वार्नरले ११ बलमा २० रन जोड्दै आउट भएका थिए । अर्का ओपनर आरोन फिन्च व्यक्तिगत १७ रनमा आउट भए । यस्तै, स्टेभन स्मिथ ८० नटआउट रहँदा बेन म्याकडर्मोटले २१ रन बनाए ।