कृषि

सरावलमा कोभिड विशेष कृषि कार्यक्रम लागू, १०० कृषकले अनुदान पाउने

मोहन पौडेल परासी, २६ जेठ । कोरोना भाइरसका कारण नेपाल फर्कने युवाहरुलाई लक्षित गर्दै प्रदेश नं. ५ सरकारले शुरु गरेको कोभिड विशेष कृषि कार्यक्रम पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले लागू गरेको छ । उक्त कार्यक्रमका लागि रु २२ लाख बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ । कोभिड विशेष कृषि कार्यक्रमबाट गाउँपालिका भित्रका एक सय जना कृषक […]

कृषिमन्त्री पौडेलद्धारा भूमहीमा कृषि सहकारी बजारको उद्घाटन

मोहन पौडेल परासी, २८ कात्तिक – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११, १२ मा स्थापना गरिएको कृषि सहकारी कृषि बजारको आज औपचारिक उद्घाटन गरिएको छ । आज सहकारी बजार परिसरमा आयोजित विशेष समारोहमा प्रदेश नं. ५ की भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बजारको औपचारिक उद्घाटन गर्नुभएको हो । प्रदेश सरकारको रु ५० लाख र सहकारी संस्थाको […]

गरिमा धान लगाएका किसानलाई क्षतिपूर्ति दिदैं सरकार

ललितपुर। गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । शुक्रबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टले गरिमा धानले बाला नहालेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति दिने बताएका हुन् । गरिमा जातको धानले बाला नहाल्दा भएको क्षतिबारे अध्ययन गर्न मन्त्रालयले एक समिति […]

सिक्ने हैन घाँस उत्पादन सम्बन्धी प्रविधि

स्टाइलो बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । माटो : बलौटे र दोमट माटो उपयुक्त हुन्छ तर चिम्टाइलो माटोमा समेत हुन्छ । बीउको मात्रा : ५ देखि १० के.जी. प्रति हेक्टर बीउ उपचार · शुरुमा बीउलाई १० प्रतिशतको नून पानीको घोलमा राख्ने र तैरिएका बीउहरू हटाउने । […]

खाने हैन किसान २ परियोजनामा जागिर

ललितपुर। अमेरिकी अन्र्तराष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक ईन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान , समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उदेश्यले ४ प्रदेशमा संचालन गर्न लागेको नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना का लागि कर्मचारी माग गरेको हो । थप सूचनाबाट : स्रोत  : कान्तिपुर दैनिक  

काठमाडौं, भक्तपुर र ललितपुरका किसानलाई अनुदान लिने मौका

ललितपुर। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत ललितपुर,भक्तपुर र काठमाडौंका किसानलाई विभिन्न शिर्षकमा अनुदान दिने भएको छ । यसका लागि केन्द्रले कृषि सहकारी, उद्यमी कृषि समूहलाई अनुदान कार्यक्रममा समावेश हुन आव्हान गरेको छ । संचालन हुने कार्यक्रम : १. पशुपालक कृषकहरुलाई पशु आहारा […]

नक्कली धानको बीउ आयात गर्ने कम्पनीलाई कारवाही गर्न माग

ललितपुर। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले अनाधिकृत रूपमा धानको बीउ आयात गर्ने कम्पनीलाई कानूनी कारवाही गर्न र किसानलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् । समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा आज सिहंदरबारमा बसेको समितिको बैठकमा सदस्य छविलाल विश्वकर्माले ‘गरिमा’ जातको धानको बीउ भनी किसानलाई झुक्याएर बिक्री वितरण गर्ने कम्पनीलाई कानूनी कारवाही र किसानलाई […]

error: Content is protected !!