प्रदेश ५

चाडपर्व सुरक्षार्थ पश्चिम नवलपरासीमा ४८४ प्रहरी परिचालन

मोहन पौडेल परासी, १ कात्तिक । चाडपर्वको बेला हुन सक्ने अप्रिय घटना तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा व्यापक प्रहरी परिचालन गरिनुका साथै प्रहरीले विशेष सतर्कता बढाएको छ । नेपालीहरुकौ मूख्य चाडपर्वहरु बडादशैँ, तिहार,छठ लगायतका पर्वहरु शुरु हुन लागेकोले विशेष सुरक्षा योजना बनाएर व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ […]

मोबाईल एप्लिकेसनमार्फत तथ्याक संकलन तालिम सम्पन्न

परासी, १ कात्तिक । प्रतापपुर गाउँपालिका खानेपानी, सरसफाई तथा स्वच्छता (वास) कार्यक्रमको आयोजनामा गणकहरुका लागि मोबाईल एप्लिकेसन मार्फत तथ्यांक संकलन तालिम सम्पन्न भएको छ । २ चरणमा गरेर ६ दिनसम्म सञ्चालन भएको तालिममा वडा नम्बर १ देखि ९ सम्मका गरि २५ जना गणकहरुको सहभागीता रहेको थियो । तालिममा गाउँपालिकाका सुचना अधिकृत विजय कुमार पाण्डे, वास […]

बाल दिवसमा वातावरणीय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

महेश यादव / रामग्राम न्यूज सरावल, २९ भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा संवाद किशोर किशोरी सञ्जालको आयोजना तथा एबिसि नेपाल ,स्ट्रोम फाउन्डेसन र सरावल गाउँपालिको सहयोगमा बाल दिवसको अवसरमा वातावरणीय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख अतिथ्यता र उपाध्यक्ष उत्तमा राय,प्रमुख […]

जिल्ला स्तरीय निवन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण

मोहन पौडेल परासी, २९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीले आयोजना गरेको पश्चिम नवलपरासी जिल्ला स्तरीय मावि निबन्ध प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । कार्यालयले आज परासीमा गरेको कार्यक्रममा निवन्ध प्रतियोगितामा प्रमथ, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको हो । प्रतियोगितामा […]

किशोरी समूहद्धारा तपाईको मास्क खोई अभियान अन्र्तगत निःशुल्क मास्क वितरण

महेश यादव/रामग्राम न्यूज सरावल ,२८ भदौ । समुदायमा कोरोना संक्रमण बढ्दै गएपछि सचेतना जगाउन प्रतिज्ञा किशोरी समूह तथा शान्ति किशोरी समूहले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं.१ महेशपुर चोकमा तपाईंको मास्क खै ? अभियान सञ्चालन गर्दै ३ सय मास्क निः शुल्क बितरण गरेको छ । एबिसि नेपाल, स्ट्रोम फाउन्डेसन तथा पाल्हीनन्दन गाउँपालिकाको समन्वयमा ’तपाईंको मास्क […]

मधेश मानव अधिकार गृहद्धारा विभिन्न सामग्री हस्तान्तरण

ध्रुव नारायण बनिया/रामग्राम न्यूज महेशपुर,२८ भदौ । मधेश मानव अधिकार गृह(माहुरी होम)ले महेशपुरको आफन्त नेपाल सेल्टरलार्इै विभिन्न सामग्री हस्तान्तरण गरेको छ । डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टसंगको साझेदारीमा समग्र लैंगिक उत्तरदायी र जवावदेहिता न्यायमा पहुँच सुदृढीकरण (सहज) परियोजना अन्र्तगत महेशपुरमा रहेको आफन्त नेपाललाई सामग्री हस्तान्तरण गरेको हो । हाल कोभिड १९ ले […]

सरावलमा मानसिक स्वास्थ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

महेश यादव/रामग्राम न्यूज सरावल ,२७ भदौ। बिश्वभर आक्रन्त बनाई रहेको कोरोना भाइरसको महामारीको बालबालिकाहरुमा मानसिक तनाव बढन थालेको छ। यसलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा एबिसि नेपाल ,स्ट्रोम फाउन्डेसनको सहयोग र अधिकार संवाद केन्द्रको आयोजनामा मानसिक स्वास्थ सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। संवाद किशोर किशोरी सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षता तथा एबिसि नेपाल […]

गाउँपालिका र स्वास्थ्य चौकीलाई अत्यावश्यक सामग्री हस्तान्तरण

महेश यादव सरावल,२४ भदौ । पश्चिमी नवलपरासीको सरावल गाउँपालिकामा सिडिएम नेपालको आयोजना र कारितास नेपालको सहयोगमा गाउँपालिका र सरावल वडा नं।३ को स्वास्थ चौकिलाई सोमवार स्पीकर ,पेनड्राईब र स्वास्थ चौकिलाई ट्यांकि १ थान ,बेसिन १ थान,हैण्ड वास ,सेनिटाईजर ४ थान,पिपि १ थान हस्तान्तरण गरिएको छ । सिडिएम नेपालको सरावल गाउँपालिकाका समाजिक परिचालक सुरेन्द्र हरिजन द्वारा […]

रति(कविता)

मदन सुवेदी भगवत प्रेम त्यो छ हृदयमा टिलपिल टिलपिल निरन्तर हरेकमा । आकास रोइरहेछ आँसु झरिरहेछ छालहरुमाझ निला समुन्द्रको परेलिहरु च्याप्ल्याङ् च्याप्ल्याङ् हिडिरहेछन् सेता फिजलाइ धारवान बनाइ गन्तव्यको। चिसो हिमालको शिरलाइ रेटिनामा लुकाएर मस्तिष्क हांसिरहेछ कस्तो हांसो दन्तलहर फिजाइ सुनसान छिरमा। नसोचेको कथा कल्पना नदेखेको । बज्रियो मैमाथी बिधाताले नलेखेको। सुकेका पात सरि ओठ मेरा […]

निषेधाज्ञा खुकुलो भएसंगै संकल्प प्रतिष्ठानको फुड बैंक केही समय स्थगित

महेश यादव सरावल, २२ भदौ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले निषेधाज्ञालाई केही खुकुलो बनाएपछी जिल्लाको सरावल गाउपालिकामा सञ्चालनमा रहेको फुड बैंक केही दिनका लागि स्थगित गरिएको छ । संकल्प प्रतिष्ठान पश्चिम नवलपरासीको आयोजना तथा वी आर फ्रम बासाबसही सरावल १ को समन्वयमा गत शुक्रबार देखी बासामा ४ दिन सम्म सञ्चालनमा फुड बैंक […]

error: Content is protected !!