राजनीति

सरावल–४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

मोहन पौडेल परासी, ७ कात्तिक । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । रु एक करोड ११ लाखको लागतमा निर्माण गरिएको दुई तले भवनको आज एक समारोहकाबीच प्रतिनिधिसभा सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले उद्घाटन गर्नुभयो । मंगलापुरमा निर्माण गरिएको उक्त भवनको पहिलो तलामा सामुदायिक स्वास्थ्य ईकाई […]

अनेरास्ववियू पश्चिम नवलपरासीद्धारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान

मोहन पौडेल परासी, ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) पश्चिम नवलपरासीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम आज परासीमा सम्पन्न भएको छ । विजयादशमी, शुभदिपावली, छठ लगायतका पर्वहरुको अवसरमा आयोजित उक्त कार्यक्रममा पार्टीका नेताहरु, युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । अनेरास्ववियूका जिल्ला संयोजक शुसान्त शर्मा घिमिरेको अध्यक्षता […]

नेकपा रामग्रामले मनायो पुष्पलाल स्मृत्ति दिवस

परासी, ७ साउन । पुष्पलालको सपना पूरा गर्न पार्टी एक्क ढिक्का हुनुपर्ने परासीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृत्ति दिवसको अवसरमा आज नेकपा रामग्राम नगर कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले उक्त कुरा बताएका हुन् । नेकपा रामग्राम नगर ईन्चार्ज बुद्धन अलिको अध्यक्षता तथा पूर्व […]

दुवै अध्यक्षलाई मिलेर अघि बढ्न आग्रह गर्दै बर्दघाटमा खवरदारी जुलुस

मोहन पौडेल परासी, १९ असार (रासस) ः पार्टी एकता जोगाई राख्न र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको स्थीर सरकारको समर्थनमा नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा खवरदारी जुलुस निकालिएको छ । मदन भण्डारी बौद्धिक मञ्चको आयोजनामा जिल्लाको बर्दघाटमा आज साँझ निकालिएको जुलुसमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकता कायमै राख्न दुई अध्यक्षलाई मिलेर जान सुझाव दिईएको थियो । अहिलेको परिस्थितिमा पार्टीका […]

नागरिकता विधेयकको विरोधमा जसपाद्धारा परासीमा विरोध प्रर्दशन

मोहन पौडेल परासी, १६ असार । जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा परासीमा विरोध प्रर्दशन गरेको छ । जसपाको पार्टी कार्यालयबाट निस्केको विरोध ¥याली नगरका विभिन्न भाग परिक्रममा गरी बुद्धचोकमा कोणसभा परिणत भएको थियो । कोणसभामा जसपाका जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका छन् । उनीहरुले सरकारविरुद्ध नारावाली […]

जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा शहीद पार्क वनकट्टीमा वृक्षारोपण

मोहन पौडेल परासी, १४ असार । पश्चिम नवलपरासीको सुनवल–५ वनकट्टीस्थित शहीद विष्णु पाण्डे स्मृत्ति प्रतिष्ठानको पार्कमा वृक्षारोपणसहितको कार्यक्रम गरी जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाईएको छ । मदन भण्डारी फाउण्डेसन पश्चिम नवलपरासीले उक्त कार्यक्रम गरेको थियो । मदन भण्डारी फाउण्डेशन प्रदेश ५ की सचिव गोमा आचार्यको प्रमुख आतिथ्य तथा फाउण्डेसनका जिल्ला अध्यक्ष थानप्रसाद गैरेको […]

कुनै पनि बहानामा शुल्क नलिन विद्यालयलाई संयुक्त विद्यार्थी संगठन नवलपरासीको माग

परासी, १३ असार । मुलुक लकडाउनको अवस्थामा रहेका बेला कुनै पनि बहानामा शुल्क नउठाउन पश्चिम नवलपरासीका संयुक्त विद्यार्थी संगठनले विद्यालयहरुको ध्यानाकर्षण गराएका छन् । जिल्लाका क्रियाशिल विद्यार्थी संगठनहरुको आज भूमहीमा बसेको संयुक्त बैठकले विभिन्न बहानामा शुल्क उठाउने कार्य नगर्न विद्यालयहरुलाई आग्रह गरेका हुन् । उनीहरुले बन्दाबन्दीको यो समयमा नयाँ विद्यार्थी भर्ना सम्बन्धि प्रचारप्रसार तथा विज्ञापन […]

पाल्हीनन्दनमा आ.व.२०७७/०७८ को नीति, कार्यक्रम तथा बजेटबारे राजनीतिक दलसँग छलफल – कृषि र स्वास्थ्य प्राथमिकतामा

परासी, ५ असार । पाल्हीनन्दन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट निर्माणलाई तीव्रता दिएको छ । गाउँपालिकाले आगामी वर्षको बजेट,नीति तथा कार्यक्रम कोरोना भाईरसको महामारीबाट बढी प्रभावित भएको कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएर निमार्ण गर्ने भएको छ । यसैक्रममा पाल्हीनन्दन गाउँपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमको घोषणा पूर्व आज जिल्लाका […]

पाल्हीनन्दनमा नेकपाद्धारा संसदीय दल गठन

परासी, ४ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा संसदीय दल गठन गरेको छ । पार्टीको विधान अनुसार पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला गरी संसदीय दल गठन गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पाल्हीनन्दन गाउँपालिका कमिटीको आयोजनामा भएको उक्त भेलाले गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)लाई संसदीय दलको नेता चयन गरेको छ । यसैगरी दलको […]

नेकपा नवलपरासीको बैठक – नयाँ नक्सा कार्यान्वयनमा जोड, मल आपूर्ति सहज बनाउन माग

मोहन पौडेल परासी, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीले रासायनिक मलको सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेकपाको आज परासीमा बसेको जिल्ला कार्यालय बैठकले रासायनिक मलको अभाव देखिएको भन्दै सहज आपूर्ति व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग जोडदार माग गरेको जनाएको छ । नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजादको अध्यक्षता […]

error: Content is protected !!